सरकारद्वारा वृद्धि दर र मुद्रास्फीतिका लागि भारतीय रिजर्भ बैंकको मूल्याङ्कनको स्वागत

सरकारले वृद्धि दर र मुद्रास्फीतिका लागि भारतीय रिजर्भ बैँकको मूल्याङ्कनको स्वागत गरेको छ।

आर्थिक मामिला विभागका सचिव सुभाष चन्द्र गर्गले भारतीय रिजर्भ बैँकको मौद्रिक नीति समतिको मुल्याङ्कन मुद्रास्फीति र वृद्धि दरसम्बन्धी सरकारको मूल्याङ्कनसित मेलखाँदो छ भन्नुभएको छ।

श्री गर्गले भन्नुभएअनुसार सरकारले नीति दरलाई अक्षुण्ण राख्ने मौद्रिक नीति समितिको निर्णयलाई नोट गरेको छ, तर नीति अडानमा सम्भवतः सुधारको खाँचो छ।