भारत र अस्ट्रेलियाबिच क्रिकेटमा चार म्याचहरूको शृङ्खलाको पहिलो म्याच एडिलेडमा

भारत र अस्ट्रेलियाबिच चार म्याचहरूको शृङ्खलाको पहिलो म्याच ए़डिलेडमा सुरु भएको छ।

भारतले खेल सुरु भएको पहिलो आधा घण्टामा नै चाँडो-चाँडो के.एल. राहुल, मुरली विजय र विराट कोहलीको विकेट गुमायो। भारतले टस जितेपछि पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो। भारतीय टीमका क्याप्टेन विराट कोहलीले ३ रनमात्रै बनाए भने मुरली विजयले ११ रन बनाए।

के.एल. राहुल २ रन बनाएर आउट भए भने अजिंक्य रहाणेले चेतेश्वर पुजाराको सहभागितामा १३ रनको योगदान गरे। पछिल्लो खबर प्राप्त हुञ्जेल चेतेश्वर पुजारा र रोहित शर्मा खेलिरहेका थिए।