अमेरिकाले प्रतिबन्धित मिसाइल विकसित गरेको खण्डमा रसियाले पनि गर्नेछः पुटिन

रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकालाई प्रतिबन्धित मिसाइलहरूको प्रकार विकसित गर्न सुरु गरेमा रसियाले पनि गर्ने चेतावनी दिनुभएको छ। श्री पुटिनले अमेरिकामाथि सन्धिबाट हटेको आरोप लगाउनुभएको छ। उहाँले भन्नुभयो, स्थितिमा धेरै परिवर्तन आएकोले यस प्रकारका हतियारहरू उसित हुनुपर्छ भन्ने विश्वास अमेरिकालाई छ।

अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले नाटोको बैठकमा अमेरिका ६० दिनभित्र परमाणु सन्धिको दायित्वबाट हटने घोषणा गर्नुभएको एक दिनपछि श्री पुटिनले यस्तो टिप्पणी गर्नुभएको हो। राष्ट्रपति डोनल्ड ट्रम्पले यो वर्षको प्रारम्भमा परमाणु सन्धिबाट बाहिरिने आफ्नो निर्णयको घोषणा गर्नुभएको थियो। रसिया र चीनले यसको उल्लंघन गरेको आरोप उहाँले लगाउनुभएको थियो।