श्रीलङ्कामा राष्ट्रपति मैत्रीपाला सिरीसेनाको आचरणको सांसदहरूद्वारा आलोचना

श्रीलङ्कामा सत्ताच्यूत प्रधान मन्त्री रणिल विक्रमासिङ्घेको समर्थन गर्ने सांसदहरूले  राष्ट्रपति मैत्रिपाला सिरीसेनाको आचरणको निन्दा  गरेका छन्। महिन्दा राजपक्षेको समर्थन गर्ने सांसदहरूले लगातार पाँचौँ दिन पनि संसद सत्रको बहिष्कार गरे।

सत्रको बेला सांसदहरूले संसद विघटनको राष्ट्रपतिको घोषणा र श्री राजपक्षेको नियुक्तिलाई अवैध बताए। उनीहरूले श्रीलङ्काको इतिहासमा पहिलोपटक देश प्रधान मन्त्री वा मन्त्रिमण्डल बिना रहेको बताए।

यसैबीच, मुलुकका एटर्नी जनरलले  संसद भंग गरिएको विरोधमा पेश गरिएको याचिकाको सर्वोच्च न्यायालयसित सुनुवाई गर्ने कुनै कानूनी अधिकार नभएको बताएका छन्।