जी२० शिखर सम्मेलनमा रसिया-भारत-चीन प्रारूप उच्चस्तरमा सक्रिय

आलेख: डा. इन्द्राणी तालुकदार, रसिया मामिलाकी सामरिक विश्लेषक

बाह्र वर्षको अन्तरालपछि बियोनस आयर्समा जी२० शिखर सम्मेलनको छेक पारी भारत, रसिया तथा चीन (आरआईसी)-का नेताहरूले बैठक गरे। यो बैठक रसियाली राष्ट्रपति भ्लादीमिर पुटिनको पहलमा सम्पन्न भएको थियो।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति शी जिनपिङ्ग तथा राष्ट्रपति पुटिनले विविध क्षेत्रहरूमाथि छलफल गर्नुभयो जुन क्षेत्रहरूमा तीन मुलुकहरूले सहयोग बढाउन सक्छन्। प्रधान मन्त्री मोदीले यो बैठकलाई एक ‘उत्तम बैठक’ बताउँदै यसले तीन राष्ट्रहरू बीचको बन्धुतालाई अझ मजबुत पार्ने र विश्व शान्ति बढाउने विश्वास व्यक्त गर्नुभयो। तीन राष्ट्रको सहयोगले अन्तर्राष्ट्रिय मञ्चहरूलाई बलियो बनाउने र उनीहरूबीच अझ बढी अन्तर्क्रियालाई प्रोत्साहन दिने आशा उहाँले व्यक्त गर्नुभयो। यी तीन राष्ट्रहरू संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन, सुव्यवस्थित संस्थान साथै एसियाली विकास ब्याङ्क जस्ता वैश्विक वित्तीय संस्थानसमेत अन्य बहुपक्षीय संस्थानहरूमा सुधार ल्याउने र ती संस्थानहरूलाई मजबुत पार्ने महत्त्वमाथि सहमत पनि भएका छन्।

बहुपक्षीय मञ्चहरूले विश्वलाई नै लाभ पुऱ्याएको तीन नेताहरूले विश्वास गर्नुहुन्छ। वैश्विक विकास र समृद्धिका लागि उहाँहरूले बहुपक्षीय व्यापार प्रणाली र खुल्ला वैश्विक अर्थव्यवस्थाको महत्त्व र फाइदालाई रेखाङ्कित गर्नुभयो।

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति एवम् स्थिरताको संवर्धन गर्न र ब्राजिल, रसिया, भारत, चीन तथा दक्षिण अफ्रीकाको समूह ‘ब्रिक्स’, तथा ईस्ट एसिया समिट जस्ता बहुपक्षीय संगठनहरूमार्फत सहयोग मजबुत पार्न तीन नेताहरू नियमित रूपमा संयुक्त परामर्श गर्नका लागि सहमत भएका छन्। उहाँहरूको विश्वास छ कि यी व्यवस्थाहरूले आतङ्कवाद र जलवायु परिवर्तन जस्ता वैश्विक चुनौतीहरूलाई सम्बोधन गर्नमा र सबै मतभेदहरूको शान्तिमय समाधानलाई प्रोत्साहन दिनमा मद्दत गर्ने छन् साथै आपदा राहत र मानवीय सहायता आदिमा पनि योगदान दिने छन्। विकसित मुलुकहरूको विशेषत: जलवायु परिवर्तनको क्षेत्रमा संकल्प कमजोर भइराखेकोले गर्दा भारतीय प्रधान मन्त्रीले दिगो विकासका लक्ष्यहरू हासिल गर्ने विषयमाथि विशेष चिन्ता व्यक्त गर्नुभयो।

पश्चिम, खासगरि अमेरिका र उसका सहयोगीहरूको सङ्का दूर गर्न तीन मुलुकहरूले भने कि उनीहरू एकबद्ध हुनको उद्देश्य कुनै तेस्रो मुलुक विरुद्ध खडा हुनु होइन तर वैश्विक हितमा योगदान दिनु हो। रसिया, भारत र चीन एकसाथ अघि आएको एक स्वागतनीय पाइलो हो।

तीन मुलुकहरूको अद्वितीय सामर्थ्यले अन्तर्राष्ट्रिय स्थिरतामा मद्दत पुऱ्याउने तीन नेताहरूले महसूस गर्नुभएको छ। तीन मुलुकले विश्वको अर्थव्यवस्थालाई दिशा दिन सक्छ भन्ने उहाँहरूको विश्वास छ, जो अन्तर्राष्ट्रिय प्रणालीका निम्ति लाभकारी हुनेछ। आरआईसी प्रारूप अनेकौँ कारणहरूले गर्दा यी मुलुकका प्रमुखहरूमा तेत्ति सक्रिय नरहे तापनि विदेश मन्त्रीहरूले कहिलेकाहिँ बैठक गर्ने गर्थे। पछिल्लो बैठक जून २०१८-मा भएको थियो।

अनिश्चितताले भरिएको वैश्विक अर्थव्यवस्था लगायत समस्त विश्वलाई नै प्रभावित बनाउन, तीन मुलुकहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण प्रारूप आरआईसी हो। तीन नेताहरूले आरआईसी प्रारूपमा सहयोगको महत्त्वलाई सराहना गरेका छन् साथै आगामी बहुपक्षीय मञ्चहरूमा पनि यस्ता त्रिपक्षीय बैठकहरू गर्न सहमत भएका छन्। उहाँहरू समन्वय बढाउन, आम सहमति बनाउन तथा विश्व शान्ति, स्थिरता तथा विकासमा संयुक्त योगदानका लागि त्रिपक्षीय सहयोग मजबुत पार्न सहमत हुनुभएको छ।

जी२० शिखर सम्मेलनको बेला आईआरसी एकैसाथ अघि आउनु एकपक्षीयवाद, गैर-राष्ट्र संघीय प्रतिबन्ध, झुन्डवाद र संरक्षणवाद विरुद्ध एउटा सङ्केत हो। तीन  नेताहरूले बहुपक्षवादको समर्थन साथै अन्तर्राष्ट्रिय कानून, संस्थान र नियम-आधारित व्यवस्तालाई आदर गर्नु हुँदछ।

जी२० शिखर सम्मेलनको छेकमा सम्पन्न उनीहरूको पहिलो त्रिपक्षीय बैठकमा भारतले जापान र संयुक्त राज्य अमेरिकासँग वैश्विक एवम् बहुपक्षीय हितहरू जस्ता प्रमुख विषयहरूमाथि छलफल गऱ्यो। चीनले सामरिक भारत-प्रशान्त क्षेत्रमा बर्चस्व देखाउन चेष्टा गरिराखेको सन्दर्भमा यो बैठक अति नै महत्त्वपूर्ण रहेको छ। बैठकमा भारतले भारत-प्रशान्त क्षेत्रलाई एक साझाकृत आर्थिक विकासको क्षेत्र बनाउने आफ्नो दृढ संकल्पलाई रेखाङ्कित गऱ्यो। प्रधान मन्त्री मोदीले भारतको अडान र दृष्टिमाथि जोर दिँदै भन्नुभयो, साझाकृत मूल्यमाथि एकसाथ मिलेर काम गर्न भारतले जारी राख्ने छ। उहाँले तीन मुलुक; जापान, अमेरिका र भारतलाई उनीहरूको अङ्ग्रेजी शब्दको पहिलो तीन अक्षर निकालेर ‘जेएआई’ अर्थात ‘जय’ लघुनाम दिनुभयो। तीव्र गतिमा परिवर्तन भइराखेको भू-राजनीतिक एवम् भू-आर्थिक परिदृश्यमा, सबै प्रमुख शक्तिहरूसँग एक विवेकी ढंगमा सन्तुलन बनाउनु भारतका लागि महत्त्वपूर्ण छ।