दक्षिणी फिलिपिन्समा राष्ट्रपति ड्युटेर्टले जङ्गी शासन विस्तार गर्ने माग गर्नुभएको छ

राष्ट्रपति रोड्रिगो ड्युटेर्टले शुक्रवार दक्षिणी फिलिपिन्सभरि अशान्त क्षेत्रमा जारी हिंसालाई साम्य गर्नका लागि आगामी वर्षको अन्त्यसम्म जङ्गी शासन विस्तारित गर्नका लागि विधि-निर्माताहरूलाई भन्नुभएको छ।

श्री ड्युटेर्ट-को अनुरोधलाई आगामी सातासम्म मन्जुरी प्राप्त हुन सक्छ यद्यपि आलोचकहरूले यसबाट मानवाधिकारहरूलाई खतरा पुग्ने र नेताको हातमा अत्यधिक शक्तिहरू पुग्नेसम्बन्धी चिन्ताहरू व्यक्त गरेका छन्।  

तर, राष्ट्रपतिका प्रवक्ता सल्भाडोर पानेलो-ले भनेअनुसार मिनडानाओ-को दक्षिणी क्षेत्रमा राष्ट्र र यसका जनताको संरक्षणका लागि तेस्रोपटक विस्तार जरूरी छ।

श्री ड्युटेर्ट-ले पोहोर मई महिनामा मुलतः मुस्लिम सहर मरावीमाथि बन्दुकधारीहरूद्वारा कालो इस्लामिक स्टेट झण्डा फहराउँदै हमला गरिएपछि मिडानाओ क्षेत्रमा सुरुमा सैन्य शासन लागु गर्नुभएको थियो। सो हमलापछि पाँच महिनासम्म संघर्ष चल्यो जसमा १२ मानिसहरूको ज्यान गएको थियो।