नोटबन्दीले अर्थव्यवस्थालाई औपचारिक रूप दिनमा सफलता प्राप्त भएको छ र कर आधार बढेको छः अरूण जेटली

वित्तमन्त्री अरूण जेटलीले नोटबन्दीबाट अर्थव्यवस्थालाई औपचारिक रूप दिनमा सफलता प्राप्त भएको र कर आधारमा बढोत्तरी भएको बताउनुभएको छ। नयाँ दिल्लीमा शुक्रवार दैनिक जागरण सम्मेलनलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, एनडीए सरकारको साढे चार वर्षको कार्यकालमा आयकर रिटर्न भर्नेहरूको संख्या २०१४-को ३ करोड ८० लाखदेखि बढेर ६ करोड ८६ लाख भएको छ। आगामी वर्ष यो संख्या दोब्बर भएर लगभग ७.६ प्रतिशत हुनेछ।

श्री जेटलीले भन्नुभयो, नोटबन्दीको कारणले कर नतिर्ने १८ लाख मानिसहरू जाँचको दायरामा परेका छन्।