भारतमा स्टार्ट-अपका लागि थुप्रै अवसरहरू छन् जो मुलुकको विकासका लागि इञ्जिन हुन्: सुरेश प्रभु

केन्द्रीय वाणिज्य, उद्योग एवम् नागरिक उड्डयन मन्त्री सुरेश प्रभुले भन्नुभएको छ, मुलुकका साना कृषकहरूको महत्त्वपूर्ण उपस्थितिले स्टार्टअपका लागि प्रविधिको प्रयोग गरी उत्पादन बढाउने तरीकाहरूको पत्तो लगाउनमा एक विचित्र अवसर उपलब्ध गराएको छ।

पणजीमा स्टार्टअप भारत वैश्विक उद्यम पुँजी शिखर सम्मेलनमा बोल्दै श्री प्रभुले भन्नुभयो, भारतमा स्टार्टअपका लागि विविध अवसरहरू छन् जो मुलुकको विकासका लागि इञ्जिन हुन्। उहाँले भन्नुभयो, सरकारले विकास दरमा बढोत्तरीका लागि नयाँ स्तरमा सबै प्रयासहरू गरिरहेको छ।