डा. कृष्णमूर्ति सुब्रमण्यम मुख्य आर्थिक सल्लाहकारमा नियुक्त

डा. कृष्णमूर्ति सुब्रमण्यमलाई नयाँ मुख्य आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ। उहाँको कार्यकाल तीन वर्षको हुनेछ।

मन्त्रिमण्डलको नियुक्ति समितिको शुक्रवार नयाँ दिल्लीमा बसेको बैठकमा उहाँको नियुक्तिलाई मञ्जूरी दिइयो। डा. सुब्रमण्यम हाल हैदराबादको इण्डियन स्कूल अफ बिजनेसमा एसोसिएट प्रफेसरको पदमा कार्यरत हुनुहुन्छ।