नाइजर: नाइजेरियासितको सिमानामा भएको भिडन्तमा ११ डकैत तथा १० सैनिकहरूको मृत्यु

नाइजरको नाइजेरियासँग टाँस्सेको सिमानामा दुई मुलुकहरूले डाँकुहरू विरुद्ध गरेको संयुक्त कारबाहीमा ११ डकैत तथा १० सैनिकहरूको मृत्यु भएको छ।

नाइजेरियाका रक्षा मन्त्री कल्ला मौटारीले भन्नुभयो, सातान्तमा मराडी क्षेत्रमा डकैतहरू विरुद्ध गरिएको कारबाहीमा पाँच नाइजेरियाली तथा पाँच नाइजर सैनिकहरू शहीद भएका छन्।

मौटारीले भन्नुभयो, नाइजेरियाका रक्षा एवम् सुरक्षा फौजहरूले मृत डकैतका शवहरू सनाख्त गर्ने काम गरिराखेका छन्। गरिबीग्रस्त साहेल क्षेत्रमा जिहादी हिंसाद्वारा पीडित अनेक मुलुकहरूमा नाइजेर पनि पर्दछ।