समग्र विश्वका मानिसहरूद्वारा हर्षोल्लासका साथ नयाँ वर्ष २०१९-को स्वागत

समग्र विश्वका मानिसहरूले हर्षोल्लासका साथ नयाँ वर्ष २०१९-लाई स्वागत गरेका छन् भने २०१८-लाई विदाई दिएका छन्। भारतमा पनि मानिसहरूले हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन्। दिल्लीवासीले विभिन्न स्थानमा गीत र नृत्यहरूका साथ नयाँ वर्षको सुरुआत गरे। सिडनी र हङ्गकङ्गले विश्वका अर्बौ मानिसहरूमा उत्सवको लहरकै बीच नयाँ वर्षको भव्य स्वागत गर्दै पटाखाहरूको प्रदर्शन गरे।

मस्कोमा कन्सर्ट र प्रकाशहरू प्रदर्शित गरिए भने मानिसहरूका लागि एक हजार भन्दा धेरै आइस रिन्कहरू खोलिएका थिए। पेरिसमा पटाखाहरूको प्रदर्शनीका साथ ध्वनि र प्रकाश प्रदर्शनहरूको आयोजना गरियो। ब्रिटेनको राजधानी स्थित लण्डन आईमा पटाखाहरूको प्रदर्शनी साथै कलाकारहरूद्वारा गीतसंगीतको प्रस्तुतिका साथ नयाँ वर्षको स्वागत गरियो।

दुबईमा विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा पटाखाहरूको प्रदर्शनी हेर्न धेरै मानिसहरू भेला भएका थिए। इण्डोनेशियाको राजधानी जकार्तामा सरकारद्वारा आयोजित एक निःशुल्क सामुहिक विवाहामा ५ सय भन्दा धेरै जोडी परिणय सूत्रमा बाँधिए।

जापानमा मानिसहरूले मन्दिरहरूमा भेला भएर नयाँ वर्ष २०१९-को स्वागत गरे। एसिया, युरोप र अफ्रिकामा मानिसहरूले नयाँ वर्ष २०१९-लाई स्वागत गरेका छन्।