जी२०-मा मुलुकको प्रभावी सहभागिता सुनिश्चित गर्न रसियाली राष्ट्रपतिद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

२० औद्योगिकृत राष्ट्रहरूको समूहमा मुलुकको प्रभावी सहभागिता सुनिश्चित गर्न रसियाली राष्ट्रपति भ्लादीमिर पुटिनले एउटा अन्तर्विभागीय आयोगको स्थापना सुनिश्चित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ।

श्री पुटिनले रसियाको जी२०-का प्रमुख स्भेतलान लुकाशलाई अन्तर्विभागीय आयोगका प्रमुख नियुक्त गर्नुभयो।

यो १७ सदस्यीय मजबुत आयोगको मुख्य उद्देश्य, वार्षिक सम्मेलनहरूमा रसियाको सहभागिता सुनिश्चित गर्नमा संघीय एजेन्सीहरूको कार्य समन्वित गर्नु हो।