जापानका विदेश मन्त्री र अस्ट्रेलियाका विदेश मन्त्री आज नयाँ दिल्ली आउनुहुँदै

 

जापानका विदेश मन्त्री तारो कोनो भारतको तीनदिने यात्रामा आज नयाँ दिल्ली आउँदै हुनुहुन्छ। यात्राको दौरान जापानी विदेश मन्त्रीले भारतमा उहाँकी समकक्ष श्रीमती सुषमा स्वराजसित बैठक गर्नुहुने छ। उहाँले आगामी मङ्गलवारका दिनमा भारत-जापान मित्रता मञ्चमा पनि भाग लिनुहुनेछ।

अस्ट्रिलियाका विदेश मन्त्री मारिस पेनेपनि आजदेखि भारतको तीनदिने यात्रामा हुनुहुन्छ। यात्राको दौरान उहाँले भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराज, वित्त मन्त्री अरुण जेटली र रक्षा मन्त्री निर्मला सितारमणसित भेट गर्नुहुनेछ। उहाँले बुधवारदेखि सुरु हुने रायसीना संवादमा पनि भाग लिनुहुनेछ।