आकाशवाणी समाचारहरूको प्रसारण निजी एफ एम च्यानलहरूले पनि गर्ने

आजदेखि आकाशवाणी समाचारहरूको प्रसारण निजी एफ एम च्यानलहरूले पनि गर्नेछन्। सूचना एवम् प्रसारण मन्त्री राज्यवर्धन राठौरले नयाँ दिल्लीमा आयोजित एउटा समारोहमा यसको शुभारम्भ गर्नुभयो। अल इण्डिया रेडियोसितको एउटा विशेष साक्षात्कारमा सूचना एवम् प्रसारण मन्त्रीले भन्नुभयो, यो एक सकारात्मक र स्वागतयोग्य  पाइलो हो किनकि रेडियो नागरिकहरूका लागि सबैभन्दा ठूलो जन-सञ्चार माध्यम हो।

कर्नल राठौडले भन्नुभयो, प्रधान मन्त्री नरेन्द्र मोदीको मन की बात कार्यक्रमले रेडियोको लोकप्रियता फेरि बढेको छ। उहाँले भन्नुभयो, आकाशवाणीको एफएम च्यानल मुलुकमा ५० प्रतिशत मानिसहरूले सुन्न गर्छन् र निजी च्यानलहरूलाई विभिन्न शहर र गाउँहरूमा यो अवसर प्रदान गरिएको छ।