रायसीना संवादको चौथो संस्करण आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ

रायसीना संवादको चौथो संस्करण आज साँझदेखि नयाँ दिल्ली सुरु हुँदैछ। नर्वेकी प्रधान मन्त्री सुश्री एर्ना सोलबर्गले प्रधान मन्त्री नरेन्द्र मोदी र परराष्ट्र मन्त्री सुषमा स्वराजको उपस्थितिमा रायसीना संवादको उद्घाटन सत्रलाई सम्बोधित गर्नुहुनेछ।

परराष्ट्र मन्त्रालय र अब्जर्भर रिसर्च फाउण्डेसनको साझेदारीमा वार्षिक भू-राजनीतिक एवम् भू-सामरिक संवादको आयोजना गरिएको छ। यो वर्ष वार्ताको विषय छ, विश्व व्यवस्थामा नयाँ समीकरण, अस्थिर साझेदारी र अनिश्चित परिणाम।  रायसीना संवादमा वर्तमान वैश्विक मुद्दा र चुनौतीहरू, नयाँ प्रौद्योगिकी, नयाँ साझेदारी र नेतृत्त्वका नयाँ तरीकाहरूमाथि चर्चा हुनेछ।

संवादमा ९३ मुलुकका ६ सय प्रतिनिधिहरूले भाग लिनेछन् जसमा प्रभावशाली राजनीतिक नेता, रणनीतिक विचारक, नीति निर्माता, प्रौद्योगिकी नवप्रवर्तक, व्यापार प्रतिनिधिमण्डल र शिक्षाविद्हरूले भाग लिनेछन्।