प्रधान मन्त्रीले नर्वेकी प्रधान मन्त्री एर्ना सोलबर्गका साथ नयाँ दिल्लीमा वार्ता गर्नुहुने

प्रधान मन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नर्वेकी प्रधान मन्त्री सुश्री एर्ना सोलबर्गका साथ वार्ता गर्नुहुनेछ। सुश्री सोलबर्ग तीन दिने भारत भ्रमणमा सोमबार नयाँ दिल्ली आइपुग्नुभयो। उहाँसँग नर्वे सरकारका वरिष्ठ अधिकारीहरू र व्यापार प्रतिनिधिमण्डल पनि भारत यात्रामा आएका छन्।

सुश्री सोलबर्गलाई आज बिहान राष्ट्रपति भवनको प्राङ्गनमा पारम्परिक स्वागत गरिनेछ। उहाँले राजघाटमा राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जलि दिनुहुनेछ।

आज दिउँसो हुने वार्तामा दुइ पक्षले द्विपक्षीय सहयोगमा प्रगतिको समीक्षा गर्नुहुनेछ र साझा हितका क्षेत्रहरूमा बहुपक्षीय साझेदारीलाई थप विस्तार गर्ने उपायहरूको बारेमा छलफल गर्नुहुनेछ।

वार्तापछि थुप्रै सम्झौताहरूमा हस्ताक्षर गरिनेछ जसमा १.२ अर्ब डलरको वर्तमानको द्विपक्षीय व्यापारलाई अझ बढाउने विषय पनि सामेल छ। भारत र  नर्वेबीच निकट र बहुपक्षीय सम्बन्धहरू छन् र आर्थिक र प्रविधि सहयोग द्विपक्षीय सम्बन्धका महत्वपूर्ण पक्षहरू हुन्।

परराष्ट्र मन्त्री सुषमा स्वराजले पनि नर्वेकी प्रधान मन्त्रीसित भेट गर्नुहुने कार्यक्रम छ। सुश्री सोलबर्गले राष्ट्रपति रामनाथ कोविन्द र उप राष्ट्रपति एम वेंकैया नायडूसित भेट गर्नुहुनेछ।