दाङ्ग जिल्लामा भएको एक बस दूर्घटनामा कम्तिमा २२ जनाको मृत्यु र १५ जना घाइते

नेपालको दाङ्ग जिल्लामा हिजो साँझ एउटा बस दूर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। यो दुर्घटना त्यतिबेला भयो जब दाङ्ग जिल्लाको तुलसीपुर इलाकामा कलेजका विद्यार्थीहरू र उनीहरूका प्रशिक्षकहरू सवार रहेका बस सडकबाट ५०० मिटर तल झऱ्यो।

यो दुर्भाग्यशाली बस सहिद कृष्ण सेन इच्च्छुक पोलिटेक्निक संस्थानका विद्यार्थीहरू र तिनका शिक्षकहरूलाई लिएर एउटा शैक्षणिक यात्राबाट दाङ्ग फर्कि रहेको थियो।