निजी एफएम च्यानलहरूलाई अल इन्डिया रेडियोका समाचारहरू प्रसारण गर्ने अनुमति

सूचना एवम् प्रसारण मन्त्री राज्यवर्धन राठौडले मंगलबार नयाँ दिल्लीमा अल इन्डिया रेडियोका समाचारहरू निजी एफएम च्यानलहरूसँग साझा गर्ने एउटा योजनाको उद्घाटन गर्नुभयो। निजी एफएम च्यानलहरूले यो वर्षको ३१ मईसम्म  अल इन्डिया रेडियोका समाचारहरू निशुल्क प्रसारण गर्न सक्ने छन्।

अल इन्डिया रेडियोको समाचार सेवा प्रभागले अङ्ग्रेजी र हिन्दीका समाचार बुलेटिनहरू अपरिवर्तित रूपमा कतिपय सर्तहरूमा निजी एफएम च्यानलहरूद्वारा प्रसारित गर्न सक्ने अनुमति दिएको छ।
यस अवसरमा बोल्दै श्री राठौडले भन्नुभयो, यो खुशीको कुरा हो कि अब आम नागरिकले समाचार कुनै पनि एफएम च्यानलमा सुन्न सक्नेछ। उहाँले भन्नुभयो एक जागरूक नागरिक एक सशक्त नागरिक हो। उहाँले अझ भन्नुभयो कि यो पाइलो मानिसलाई सूचित, शीक्षित र सशक्त पार्न भारतका सबै रेडियो स्टेशनहरूलाई एकजुट गराउने एक संयुक्त प्रयास हो।
अल इन्डिया रेडियोसँगको कुराकानीमा प्रसार भारतीका चेयरम्यान डा. ए सूर्यप्रकाशले यसलाई एक ऐतिहासिक पलको रूपमा प्रशंसा गर्नुभयो। श्री सूर्यप्रकाशले सरकारका योजनाहरू लाभार्थीहरूसम्म पुऱ्याउन लोक सेवा प्रसारकले खेलेको भूमिकालाई रेखाङ्कित पनि गर्नुभयो।

प्रसार भारतीका मुख्य कार्यकारी अधिकारी शेखर वेमपतिले भन्नुभयो, लगभग एकसय एफएम रेडियो स्टेशनहरूले अल इन्डिया रेडियाका समाचार बुलेटिनहरू प्रसारण गर्नका लागि पञ्जीकृत गरेका छन्। भारतका  रेडियो सञ्चाचलक संगठनका अध्यक्ष अनुराधा प्रसादले सरकारलाई निजी रेडियो प्रसारकहरूलाई उनीहरूका मञ्चमा समाचार प्रस्तुत गर्नदिने दीर्घम्यादी माग स्वीकार गरेकामा धन्यवाद दिनुभयो।
अल इन्डिया रेडियाका महानिदेशक, ईरा जोशीले यस पाइलोलाई ऐतिहासिक बताउनुभयो।
समाचार बुलेटिनहरू प्रसारण गर्न चाहने कुनै पनि एफएम च्यानलले पहिला अल इन्डिया रेडियो समाचार प्रभागमा पञ्जीकृत गर्नु पर्नेछ। पञ्जीकरण र प्राविधिक मापदण्डहरू वेबसाइट www.newsonair.nic.in मा उपलब्ध छन्।

समारोहमा सूचना एवम् प्रसारण मन्त्रालयका सचिव अमित खरे, अल इन्डिया रेडियोका महानिदेशक एफ. शहरयार तथा अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।