आज जीएसटी परिषदको ३२औँ बैठक हुने

वस्तु एवम् सेवा कर, जीएसटी परिषदको आज नयाँ दिल्लीमा बैठक बस्दैछ। परिषदको यो ३२औँ बैठक हुनेछ। बैठकमा दुइ मन्त्रीस्तरीय समूहका सिफारिशहरू र अन्य मामिलाहरूमा छलफल हुने सम्भावना छ। वित्त राज्य मन्त्री शिव प्रताप शुक्लाको अध्यक्षतामा रहेको मन्त्रीस्तरीय समूहले सूक्ष्म, लघु र मध्यम उद्यम क्षेत्रका लागि छूटको सीमामाथि सिफारिशहरू दिएको छ।

जीएसटी परिषदको बैठकमा निर्माणाधीन फ्लैट र घरहरूमा जीएसटी-को दर ५ प्रतिशत गर्ने निर्णय लिइने सम्भावना छ। हाल निर्माणाधीन सम्पत्ति वा तयार फ्लैटहरूको भुक्तानीमा १२ प्रतिशत जीएसटी दिने प्रावधान छ। जीएसटी परिषदले साना आपूर्तिकर्ताहरूका लागि समग्र योजनाका साथ लटरीमाथि पनि जीएसटी दरबारे विचार गरिरहेको छ।