अयोध्या मामिलाः सर्वोच्च न्यायालयको ५ न्यायाधीशहरूको संविधान पीठले आजदेखि सुनुवाई सुरु गर्ने

सर्वोच्च न्यायालयको पाँच सदस्यीय संविधान पीठले  राम जन्मभूमि- बाबरी मस्जिद भूमि स्वामित्व विवादको मामिलामा आजदेखि सुनुवाई सुरु गर्नेछ। सो पीठमा प्रधान न्यायाधीश रञ्जन गोगोई र न्यायाधीशहरू एस ए बोबडे, एन बी रामन्ना, यु यु ललित र डी वाई चन्द्रचुड सामेल हुनुहुन्छ। राम जन्मभूमि मुद्दामा इलाहाबाद उच्च अदालतले २०१०-मा दिएको फैसलाको विरोधमा १४ अपीलहरू सर्वोच्च न्यायालयमा पेश गरिएका छन्।

इलाहाबाद उच्च न्यायालयले आफ्नो फैसलामा २.७७ एकड भूमिलाई तीन पक्षहरू सुन्नी वक्फ बोर्ड, निर्मोही अखाडा र रामललामा बराबर बाँडने आदेश दिएको थियो। विभिन्न हिन्दुत्व संगठनहरूले अयोध्यामा विवादित स्थलमा राम मन्दिरको चाँडो निर्माणका लागि अध्यादेश ल्याउने माग गरिरहेका छन्। हालै प्रधान मन्त्री मोदीले न्यायिक प्रक्रिया पूरा भएपछि अयोध्यामा राम मन्दिरमाथि अध्यादेश ल्याउने निर्णय गर्न सकिने सुझाउ दिनुभएको थियो।