श्रीलङ्काको केन्द्रीय बैँकले भारतीय रिजर्भ बैंकबाट ४० करोड अमेरिकी डलरको साटासाट पायो

श्रीलङ्काको केन्द्रीय बैँकले बुधवार भनेअनुसार भारतीय रिजर्भ बैँक त्यो द्विप राष्ट्रको कोषागारलाई बढाउनका लागि साटासाट व्यवस्थाअन्तर्गत ४० करोड अमेरिका डलर प्रदान गर्न सहमत भएको छ।

श्रीलङ्काको केन्द्रीय बैंकले आफ्नो एक जनाऊमा “भारतीय रिजर्भ बैंकको तीव्र एवम् सामयिक सहायताले श्रीलङ्कालाई बाह्य कोषको पर्याप्त स्तर कायम राख्नुका साथै निर्यात, ऋण भुक्तानी र अव्यवस्थिथ समायोजन टार्नका लागि मुद्रालाई आवश्यक समर्थन दिएर आयातसित सम्बन्धित बहिर्गमनलाई आत्मसात गर्नमा मद्दत पुऱ्याउने छ” भनेको छ।

जनाउमा भनिएअनुसार १ अर्ब डलरको स्वाप अर्थात साटासाटको एकअर्को प्रबन्धका लागि थप निवेदन भारतीय रिजर्भ बैँकलाई गरिएको छ। यो सार्क स्वाप सुविधाअन्तर्गत उपलब्ध गराइनु छ।
भारतीय रिजर्भ बैँकले आफ्नो सार्क स्वाप सुविधाअन्तर्गत कोष उपलब्ध गराउन सहमति दिएको श्रीलङ्काको केन्द्रीय बैँकले जनाएको छ।