खेलो इन्डिया: १५ स्वर्ण पदकका साथ पदक तालिकामा महाराष्ट्रको बर्चस्व जारी

हिजो पुणेमा खेलो इन्डिया यूथ गेम्सको दोस्रो दिनको अन्त्यमा १५ स्वर्ण पदकलगायत कुल ५७ पदकहरूका साथ महाराष्ट्र पदक तालिकाको शीर्ष स्थानमा थियो।

११ वटा स्वर्ण पददकहरू हिजो कै दिन जितेको हो जसमध्ये ५ जिमन्यास्टिकमा, तीन पौडीमा, दुई एथलेटिक्समा तथा एक भारोत्तलनमा जितेको हो। १५ स्वर्ण पददकहरूबाहेक आयोजक महाराष्ट्रले अहिलेसम्म १९ रजत र २३ कांस्य पदकहरू जितेको छ।
एउटा मीडिया विज्ञप्तिअनुसार, १३ स्वर्ण, १० रजत तथा १३ कांस्य पदकका साथ दोस्रो स्थानमा छ भने १२ स्वर्ण, १० रजत तथा १८ कांस्य पदकका साथ हरियाणा तेस्रो स्थानमा रहेको छ। केटीहरूको कुस्ती प्रतियोगितामा १७ वर्षभन्दा कम उमेरको वर्गमा सातैवटा स्वर्ण पदक हरियाणाले जित्यो। भारोत्तलनमा दुई स्वर्ण पदकका साथ मिजोरमको बर्चस्व रह्यो।

आज जिमन्यास्टिक एथलेटिक्समा पौडी र जुडो प्रतियोगिता हुनेछन्। प्रतिभाशाली युवा खेलाडीहरूले आज फुटबल, हकी, ब्याडमिन्टन, भारोत्तलन तथा कुस्तीमा पनि  भाग लिने छन्।