एआईबीए ऱ्याङ्किङ्ग्समा मेरी कोम शीर्ष स्थानमा

एम.सी. मेरी कोमले अन्तर्राष्ट्रिय बक्सिङ्ग एशोसिएसन (एआईबीए)-को ताजा विश्व ऱ्याङ्किङ्ग्समा शीर्ष स्थान हासिल गरेकी छिन्। पोहोर नोभेम्बरमा नयाँ दिल्लीमा ४८ किलोग्राम वर्गमा सर्वोच्च खिताब जितेपछि उनी वर्ल्ड च्याम्पियनशिपको इतिहासमा सबभन्दा सफल बक्सर बनेकी थिइन्। एआईबीए-द्वारा जारी ताजा ऱ्याङ्किङ्ग्समा मेरी कोम भार वर्गमा १७०० अङ्कका साथ शीर्ष स्थानमा पुगेकी छिन्। २०२०-को ओलम्पिक्समा भाग लिनका लागि उनले ५१ किलोग्राम वर्गमा प्रतिस्पर्धा गर्नुपर्नेछ किनभने ४८ किलोग्राम वर्गलाई यो ओलम्पिक्सको सूचीमा हालसम्म सामेल गरिएको छैन।

पोहोर राष्ट्रमण्डल खेल र पोल्यान्डमा भएको एउटा टूर्नामेन्टमा उनले स्वर्ण पदक जितेकी थिइन्। उनले बुल्गारियामा प्रतिष्ठित इस्ट्रान्जा मेमोरियलमा रजत पदक पनि जितेकी थिइन्।

५१ किलोग्राम वर्गको सूचीमा पिङ्की जाङ्गडाले आठौँ स्थान ओगटेकी छिन्। ५४ किलोग्राम वर्गमा रजत पदक विजेता मनिषा मौन आठौँ स्थानमा रहेकी छिन्।

५७ किलोग्राम वर्गमामा पूर्वविश्व रजत पदक विजेता सोनिया लाठेर दोस्रो स्थानमा रहेकी छिन्। विश्व कांस्य पदक विजेता सिमरनजीत कौरले ६४ किलोग्राम वर्गमा चौथो स्थान हासिल गरेकी छिन्।

इन्डिया ओपनमा स्वर्ण पदक तथा वर्ल्ड च्याम्पियनशिपमा कांस्य पदक विजेता लवलिना बरगोहाइँले ६९ किलोग्राम वर्गमा पाँचौँ स्थान ओगटेकी छिन्। पुरुष ऱ्याङ्किङ्ग्स अपडेट भएको छैन।