प्रधान मन्त्री मोदीले मलेसियाली संसदका सदस्य दातुक सेरी अनवर इब्राहिमलाई भेट्नुभयो

 

मलेसियाली संसदका सदस्य, तथा मलेसियाको पार्टी केडिलान राकयार पार्टीका नेता दातुक सेरी अनवर इब्राहिम बिहीवार प्रधान मन्त्री मोदीलाई भेट्न जानुभयो। श्री इब्राहिमका साथमा मलेसियाली संसदका दुई सदस्यहरू केसवन सुब्रमनियन र सन्थारा कुमार रामानायडू हुनुहुन्थ्यो। प्रधान मन्त्री नरेन्द्र मोदीले श्री इब्राहिमलाई पि.के.आर. पार्टीको अध्यक्ष्य निर्वाचित हुनुभएकोमा बधाई दिनुभयो।

प्रधान मन्त्रीले पोहोर मई महिनामा मलेसियामा उहाँसितको भेटको मधुर स्मृतिको सम्झना गर्नुभयो। प्रधान मन्त्रीले मलेसियाका प्रधान मन्त्री डक्टर महाथिर मोहमदप्रति आफ्ना न्यानो सम्मान पनि व्यक्त गर्नुभयो। दुई नेताहरूले परस्पर हितका द्विपक्षीय, क्षेत्रीय र वैश्विक मामिलाहरूमाथि विचार-विमर्श गर्नुभयो।