परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजको नेपालका विदेश मन्त्रीसित भेट

 

परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले बिहीवार नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री प्रदीपकुमार ज्ञवालीसित भेट गर्नुभयो।

उहाँहरूले कृषि, रेलवे र अतर-राज्यीय जलमार्गका साथै हाल चलिरहेका विकास एवम् सम्पर्कता परियोजनाहरूको कार्यान्वयनको गतिलगायत विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धमा हालै भएका विकासहरूको समीक्षा गर्नुभयो।

दुवै नेताहरूले हालैका महिनाहरूमा सबै स्तरमा तीव्र पारिएको द्विपक्षीय आदान-प्रदानको परिणामस्वरूप सहयोगका विभिन्न क्षेत्रहरूमा भएका उल्लेखनीय प्रगतिमाथि सन्तोष व्यक्त गर्नुभएको छ।

उहाँहरूले यो नयाँ गतिलाई कायम राख्ने र दुई मुलुकबिच पारम्परिक रूपले घनिष्ठ एवम् मैत्रीपूर्ण सम्बन्धहरूलाई थप मजबुत पार्ने आफ्ना वचनबद्धताहरूलाई दोहोऱ्याउनुभयो।