भाजपाले २०१९-को चुनाउमा बहुमत हासिल गरेतापनि गठबन्धन सरकारको पक्ष लिनेछः प्रधान मन्त्री मोदी

 

भाजपा लोकसभा चुनाउमा आफ्नै बहुमत प्राप्त गरेतापनि गठबन्धन सरकारको पक्ष लिनेछ।

यो कुरा बिहीवार प्रधान मन्त्री नरेन्द्र मोदीले एक भिडियो कन्फ्रेन्सिङ्गमार्फत तमिलनाडुका पार्टी कार्यकर्ताहरूसित अन्तर्क्रिया गर्दै भन्नुभएको हो। गठबन्धनको सम्बन्धमा गरिएको एक प्रश्नको जबाफमा श्री मोदीले एक मजबुत एन.डि.ए. भाजपामाथि विश्वासको एक अभिलेख हो।

उहाँले भन्नुभएअनुसार पूर्व प्रधान मन्त्री अटल बिहारी बाजपेयीले क्षेत्रीय पार्टीहरूसित गठबन्धन सरकार सफलतापूर्वक चलाएर भारतीय राजनीतिमा एउटा नयाँ संस्कृति प्रदर्शित गर्नुभएको थियो र क्षेत्रीय आकङ्क्षाहरूलाई आवाज प्रदान गर्नुभएको थियो।

भाजपाले स्वर्गीय बाजपेयीको मार्गको अनुसरण गर्नेछ र केन्द्र तथा राज्यहरूले समग्रतामा राष्ट्रको विकासका लागि मिलेर काम गर्नेछन् भनी प्रधान मन्त्रीले भन्नुभयो। उहाँले भाजपाद्वारा पुराना साझेदारहरूका साथै गठबन्धनका लागि ढोका खुल्ला राखिने छ भन्नुभयो।

उहाँले तर विजयी गठबन्धन सधैँनै राजनीतिक पार्टीहरूसित होइन जनतासितको गठबन्धन हुने गर्दछ भन्नुभयो।

रक्षा क्षेत्रको बारेमा प्रधान मन्त्री नरेन्द्र मोदीले पूर्ववर्ती यु.पि.ए. सत्ताको दौरान सशस्त्र सेनाका लागि हातहतियारहरूको खरिदमा दलालहरूको भूमिका महत्त्वपूर्ण रहेको थियो।

उहाँले केही छिमेकी मुलुकहरूद्वारा उनीहरूका लडाकु विमानहरूलाई कैयौँ गुणा बढाइँदा पनि भारतीय वायु सेनाको क्षमतामा वृद्धि नगरेको आरोप काँग्रेसमाथि लगाउनुभयो।