आईडब्ल्युएफ-का अध्यक्ष टोक्यो ओलम्पिक्सका लागि प्रमुख नामित

भारतीय भारोत्तलन महासंघ (आईडब्ल्युएफ)-का अध्यक्ष बिरेन्द्र प्रसाद बैश्य २०२० टोक्यो ओलम्पिक्सका लागि भारतीय टोलीको प्रमुख नामित हुनुभएको छ। आईडब्ल्युएफ-का सचिव सचदेव यादवले एउटा विज्ञप्तिमा भन्नुभयो कि पहिलोचोटी भारोत्तलनलाई ओलम्पिक्सका लागि प्रमुखको सम्मान प्रदान गरिएको हो। श्री बैश्य भारतीय ओलम्पिक संगठनका उपाध्यहरूमध्ये एक पनि हुन्।