अल इन्डिया रेडियोद्वारा राष्ट्रिय कवि गोष्ठीको आयोजना

अल इन्डिया रेडियोद्वारा आयोजित ६४औँ राष्ट्रिय कवि गोष्ठी बिहीवार साँझ चेन्नईमा सुरु भयो। भारतीय संविधानको अष्टम सूचीमा रहेका सबै २२ भारतीय भाषाहरूको प्रतिनिधित्व गर्ने २३ कविहरूले यो कवि गोष्ठीमा भाग लिइरहेका छन्।

सर्वभाषा कवि सम्मेलनको उद्घाटन गर्दै तमिलनाडुका राज्यपाल बनवारीलाल पुरोहितले कविताहरूले राष्ट्रिय एकता र भाषिक सौहर्दतामा योगदान गर्नुका साथै मन र मुटुलाई प्रकाशित गर्दछन्।

अल इन्डिया रेडियोका महानिदेशक फय्याज शहरयारले कवि सम्मेलनको गौरवशाली परम्पराको स्मरण गर्नुभयो। उहाँले यो कार्यक्रम चेन्नईमा पहिलोपल्ट भइरहेको बताउनुभयो।
यो कार्यक्रममाथि आधारित एउटा विशेष कार्यक्रम लोक सेवा प्रसारक अल इन्डिया रेडियोले यो महिनाको २५ तारिख गणतन्त्र दिवसको पूर्वसन्ध्यामा प्रसारित गर्नेछ।