भारतका कैयौँ भागहरूमा शीत लहरको अवस्था झनै तीव्र भएको छ

 

भारतका कैयौँ भागहरूमा शीत लहरको तीव्रता झनै बढेको छ। हिमाचल प्रदेशको ऊना जिल्लाका मैदानी इलाकाहरू हिजो शिमलाभन्दा बढी चिसो रहे।

मौसम विभागले भनेअनुसार राज्यको राजधानीमा न्यूनतम तापमान ३.७ डिग्री सेल्सियस दर्ज गरियो भने ऊनामा तापमान २.५ डिग्री सेल्सिय रह्यो।

मनालीमा जाडो पानी जम्ने स्तरमा थियो। मौसम विभागले पश्चिमी विक्षोभले गर्दा राज्यका विभिन्न स्थानहरूमा हिउँ पर्ने र वर्षा हुने अड्कल काटेको छ।

जम्मू एवम् कश्मीरमा पनि तीव्र जाडो जारी रह्यो जहाँ उपत्यकाका कैयौँ भागहरूमा तापमान सामान्यभन्दा तल रह्यो। यहाँ पनि पश्चिमी विक्षोभको कारण आगामी चार दिनसम्म हल्का वर्षा र हिमपात हे अडकल मौसम विभागले काटेको छ।

पञ्जाब र हरियाणाका धेरैजस्ता भागहरूमा पनि शीत लहर जारी छ। अदामपुर १.४ डिग्री सेल्सियसका साथ सर्वाधिक चिसो ठाउँ रह्यो। हिसार र लुधियानालगायत दुवै राज्यका कैयौँ स्थानहरूमा गहिरो कुइरो लागेको थियो।
तेलाङ्गनामा पनि हिजो निकै जाडो दिन रह्यो। राज्यभरि उत्तरी र उत्तरपूर्वेली चिसो हावा बग्नाले अत्यन्तै चिसो अवस्थाको सृजना भएको छ। मौसम विभागअनुसार चिसो मौसमको प्रभाव अझ १५-२० दिन रहने हुनाले राज्यमा भयङ्कर चिसोबाट छुटकाराको निकट भविष्यमा आशा छैन।