रेणुकाजी बहुउद्देश्यीय बाँध परियोजनाका लागि ६ राज्यहरूले सम्झौतामाथि हस्ताक्षर गर्ने

रेणुकाजी बहुउद्देश्यीय परियोजनाका लागि एक सम्झौतामाथि आज उत्तर प्रदेश, हरियाणा, हिमाचल प्रदेश, दिल्ली, राजस्थान र उत्तराखण्डमाझ हस्ताक्षर गरिँदैछ। यो परियोजनाको लक्ष्य यी राज्यहरूमा पिउने पानीका आवश्यकताको पूर्ति गर्नु हो।

यो सम्झौतामाथि आज नयाँ दिल्लीमा जल संसाधन, नदी विकास र गङ्गा संरक्षण मन्त्री नितिन गडकरीको उपस्थितिमा हस्ताक्षर गरिँदैछ। सबै ६ राज्यका मुख्य मन्त्रीहरू पनि सो अवसरमा उपस्थिति हुनुहुनेछ।

यसअन्तर्गत यमुना नदी र यसका दुई सहायक नदीहरूमा, हिमाली क्षेत्र उत्तराखण्ड र हिमाचलका टोन्स र गिरीमा तीन जलाशय परियोजनाहरूको निर्माणको प्रस्ताव छ।

यिनमा उत्तराखण्डमा यमुना नदीमाथि लखवार परियोजना, उत्तराखण्ड र हिमाचल प्रदेशको टोन्स नदीको किशउमा र हिमाचल प्रदेशको गिरी नदीमा रेणुकाजी परियोजना सामेल छन्।

यी परियोजनाहरूको परिकल्पना २००८- गरिएको थियो। यी परियोजनाहरूका धेरैजस्तो सिँचाइ लागत र पिउने पानी कार्यका लागि केन्द्रीय सरकारद्वारा कोष प्रदान गरिनेछ। यसका अतिरिक्त हाइब्रिड एन्युइटी मोड र एक शहर एक अपरेटर विचारअन्तर्गत प्रयागराज शहरको लागि  नमामी गङ्गे परियोजनाहरूका लागि छुटयुक्त सम्झौतामाथि पनि हस्ताक्षर गरिनेछन्।