जिएसटी परिषदका निर्णयहरूले एमएसएमइ-हरू, कारोबारीहरू र सेवा क्षेत्रलाई मद्दत गर्नेछन्: प्रधान मन्त्री

 

प्रधान मन्त्री नरेन्द्र मोदीले जिएसटि-का साना कारोबारहरूसित सम्बन्धित निर्णयहरूले सुक्ष्म, लघु एवम् मध्यम उद्यमहरू, कारोबारीहरू र सेवा क्षेत्रलाई ठूलो मद्दत गर्नेछन् भन्नुभएको छ।

वित्त मन्त्री अरुण जेटलीको नेतृत्वमा जिएसटि परिषदले हिजो नयाँ दिल्लीमा आफ्नो बैठकमा साना कारोबारीहरूलाई राहत दिनका लागि जिएसटि छूट सीमालाई दोब्बर पारेको छ।

यसले पूर्वोत्तर राज्यहरूका लागि छूटको सीमालाई २० लाख रुपियाँ र बाँकी देशमा ४० लाख रुपियाँ पारेको छ।

परिषदले के पनि निर्णय गरेको छ भने जिएसटि कम्पोजिशन योजनाको फाइदा, जसअन्तर्गत साना व्यापारी र कारोबारहरूले टर्नओभरमाथि आधारित एक प्रतिशत कर भुक्तान गर्छन्, एक अप्रिलदेखि प्रभावी हुनेगरि पहिला एक करोड रुपियाँको स्थानमा १ करोड ५० लाख रुपियाँको टर्न ओभरवालाहरूले पनि प्राप्त गर्न सक्नेछन्।
एक ट्वीटमा श्री मोदीले जिएसटि परिषदद्वारा लिइएका निर्णयहरूको प्रशंसा गर्नुभयो र सरकार सरल एवम् जनता-अनुकूल जिएसटि-का लागि प्रतिबद्ध छ भन्नुभयो।