ब्रेक्जिट गतिरोध अन्त्य गर्न लेबर पार्टीद्वारा चुनाव लागि आह्वान

ब्रिटेनको मुख्य विपक्षी, लेबर पार्टीका नेता जेरेमी कोर्बिनले बिहीबार ब्रेक्जिटलाई लिएर संदसमा हाल जारी गतिरोधको अन्त्य गर्न एउटा आम चुनावका लागि आह्वान गर्नुभएको छ।

उत्तरी इंगल्यान्डमा वेकफिल्डमा बोल्दै श्री कोर्बिनले भन्नुभयो, उहाँहरूको पार्टी सत्तामा आए, उहाँले ब्रसेल्ससँग यो सम्झौतामाथि पुन: वार्तालाप गर्नु हुनेछ।
उहाँले भन्नुभयो, यदि सरकारले उसको सबभन्दा महत्त्वपूर्ण विधेयक पारित गर्न सक्दैन भने, त्यहाँ आम चुनाव शीघ्र गरिनु पर्छ।

युरोपेली संघले सम्झौतामाथि कुनै पनि प्रकारको पुनर्वार्तालाप गर्न  मनाही गरिसकेको छ।
लेबर पार्टीका नेताले भन्नुभएको छ, आगामी साता यदि संसदले प्रधान मन्त्री टेरिजा मे-ले युरोपेली संघका नेताहरूसँग गरेको ब्रेक्जिट सम्झौताविरुद्ध मतदान गरे, उहाँले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु हुनेछ।

सरकार अविश्वास प्रस्तावमा पराजय भएको खण्डमा पार्टीहरूले १४ दिनभित्रमा संसदमा कार्यकारी बहुमत साबित गर्ने अवसर पाउने छन् तथा सो अवधिभित्र बहुमत साबित गर्न नसके एक आम चुनाव हुनेछ।