२०१६-मा साइबर लुटको मामिलामा फिलिप्पिन आदालतले पूर्वबैंकरलाई सुनायो सजाय

फिलिप्पिनको एउटा अदालतले अहिलेसम्मको सर्वाधिक ठूला साइबर लुटको मामिलामा एकजना पूर्वबैंकरलाई सजाय सुनाएको छ। पूर्वबैंकरले बाङ्गलादेशको केन्द्रीय बैंकबाट ८ करोड १० लाख अमेरिकी डर चोरेको थियो।  रिजाल कमर्सियल बैंकिङ्ग कर्पोरेशन (आरसीबीसी)-मा शाखा प्रबन्धक रहेकी मइया डेगिटोलाई अदालते धनशोधनको मामिलामा दोषी पाएको छ जसअन्तर्गत कम्तीमा पनि चार वर्ष जेलको सजाय रहेको छ। अदालतले उनलाई जरिमानास्वरूप १० करोड ९ लाख अमेरिकी डलर तिर्न आदेश पनि दिएको छ।

बाङ्गलादेश साइबर लुट मामिलामा यो पहिलो सजाय हो। सन् २०१६-मा ह्याकरहरूले बाङ्गलादेशको अमेरिकी खाताबाट विशाल रकम फिलिप्पिन बैंकमा हस्तानन्तरित गरेका थिए जहाँबाट तुरुन्तै निकालिएको थियो।

सजायबारे अन्तिम निर्णय नआइञ्जेल डेगिटो जमानतमा जेलबाहिर बस्न सक्छिन्। उनले यस फैसला विरुद्ध अपील गर्ने विचार गरेकी छिन्। यसैबीच आरसीबीसी-ले एउटा वक्तव्यमा भनेको छ कि यो मामिलामा आरसीबीसी पीडित बनेको थियो तथा डेगिटो एक कपट कर्मचारी थिइन्।