भोलीदेखि प्रयागराजमा सुरु हुने कुम्भ मेलाका लागि सबै तयारीहरू पूरा

उत्तर प्रदेशको प्रयागराजमा भोलीदेखि सुरु हुने कुम्भ मेलाका लागि सबै तयारीहरू पूरा भएका छन्। कुम्भ विश्वमा सबैभन्दा विशाल मानव-भेला हो जो अखाडाहरूद्वारा शाही स्नानका साथ सुरु हुनेछ।

प्रशासनले मेला स्थलमा हिजो रातिदेखि नै वाहनहरूको प्रवेशमाथि रोक लगाएको छ। अल इन्डिया रेडियो र दूरदर्शनले मेलाको सोझो प्रसारण गर्नेछ। अल इन्डिया रेडियोले एक किलोवाटको छुट्टै एफ.एम. ट्रान्समिटर कुम्भवाणी स्थापित गरेको छ। कुम्भवाणीबाट प्रसारण हरेक दिन ३५ किलोमिटरको परिधिमा विहान ५.५५ देखि राति १०.०५ सम्म सुन्न सकिने छ।

अल इन्डिया रेडियोले पहिलोपटक कुम्भवाणीबाट प्रसारित हुने सबै कार्यक्रमहरू युट्युबमा पनि सोझो प्रसारण गर्ने व्यवस्थापनि मिलाएको छ। दूरदर्शनले कुम्भ मेलामाथि आफ्नो विशेष प्रसारण भोलीदेखि सुरु गर्नेछ। यसले प्रतिदिन करिब तीन घण्टाको कार्यक्रम प्रसारण गर्नेछ।