बेङ्गलुरू रेपटर्सले आफ्नो पहिलो प्रीमियर ब्याडमिन्टन लीग (पी बी एल) उपाधि जित्यो

बेङ्गलुरू रेपटर्सले आफ्नो पहिलो प्रीमियर ब्याडमिन्टन लीग (पी बी एल) उपाधि जितेको छ। आईतबार राति बेङ्गलुरूमा खेलिएको फाइनल भिडन्तमा बेङ्गलुरू रेपटर्सले मुम्बई रकेट्सलाई ४-३-ले पराजित गरेर उपाधि चुमेको हो।

प्रसिद्ध खेलाडीहरू किदाम्बी श्रीकान्त, वु जी ट्रेङ्ग तथा मोहम्मद अहसन र हेन्द्र सतिआवनको पुरूष युगल जोडीले आ-आफ्नो म्याचहरू जितेर बेङ्गलुरूलाई जित दिलाए।