ए एफ सी एसियन कपः समूह चरणको अन्तिम म्याचमा आज भारतको सामना बहराइनसित

एसियाली फुटबल परिसंघ (ए एफ सी) एसियन कप अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम समूह चरणको म्याचमा भारतले आज शारजाहमा बहराइनको सामना गर्दैछ। म्याच भारतीय समयानुसार राति साढे ९ बजेदेखि सुरू हुनेछ। एउटा खेलमा विजय र एउटामा पराजय बेहोरेको भारत ४ टिम रहेको समूह ‘ए’ मा हाल आयोजक यूएई पछि दोस्रो स्थानमा छ।

आजको खेलमा जित अथवा बराबरी मात्र पनि गर्न सके भारत पहिलो पटक नॉक-आउट चरणमा प्रवेश गर्नेछ। आजको खेल खेलर भारतीय कप्तान सुनिल क्षेत्री पूर्व कप्तानले भाईचुङ्ग भुटियाको देशको लागि सबैभन्दा बढी १०७ म्याचहरू खेलेको रेकर्डको बराबरी गर्नेछन्।