पेरिसमा ग्यास विस्फोटनमा मर्नेहरूको संख्या बढेर चार पुग्यो

 

मध्य पेरिमा भएको एक शक्तिशाली ग्यास विस्फोटनमा मर्नेहरूको संख्या बढेर चार पुगेको छ। आइतबार भग्नावशेषमा बचाउ कर्मीहरूले एक महिलाको शव फेला पारे। जाँचकर्ताहरूअनुसार दुई अग्निशमन कर्मीहरू र स्पेनका एकजना पर्यटक शनिवार भएको विस्फोटनमा मारिएका थिए भने दर्जनौँ मानिसहरू घाइते भएका थिए।