राष्ट्र संघ विशेषज्ञहरूद्वारा पाकिस्तानलाई मानसिक रोगी कैदीहरूलाई फाँसीमा नझुण्ड्याउने आग्रह

 

राष्ट्र संघ विशेषज्ञहरूले पाकिस्तानलाई मानसिक रोगी कैदीहरूलाई फाँसीमा नझुण्ड्याउन आग्रह गरेका छन्। एकजना सहकर्मीको हत्याका लागि २००३-मा फाँसीको सजाय सुनाइएको खिजर हयातको फाँसीको सजायलाई शनिवार पाकिस्तानको सर्वोच्च अदालतले यो ५५ वर्षीय अपराधीलाई फाँसी दिइनुभन्दा मात्र तीन दिनअघि निलम्बित गरेको थियो।

सरकारी डक्टरहरूले सन् २००८-मा हयात स्किजोफ्रेनिया नामक मानसिक रोगले पीडित घोषित गरेका थिए। एक्स्ट्राजुडिशियल एक्जिक्युशन्स एन्ड डिसएबल्ड राइट्ससम्बन्धी राष्ट्र संघीय विशेषज्ञ एगनेस क्यालामार्डले भन्नुभएअनुसार मानसिक-सामाजिक अक्षमताले पीडित व्यक्तिहरूलाई मृत्युदण्डको सजाय पाकिस्तानका अन्तर्राष्ट्रिय दायित्वहरूको स्पष्ट उल्लङ्घन हो। पाकिस्तानको सर्वोच्च अदालतले आज खिजर हयातलाई मृत्युदण्ड दिने कि नदिने भन्ने विषयमा सुनुवाइ गर्दैछ।

राष्ट्र संघीय विशेषज्ञको भनाइअनुसार हयातले हिरा,तमा १५ वर्षभन्दा बढी समय गुजारेको छ र उसलाई २०१२ देखि एकान्त जेलमा राखिएको छ।