टेरेसा मे-ले ब्रेक्जिट सम्झौताको ‘विनाशकारी’ असफलताविरुद्ध सांसदहरूलाई चेताउनुभएको छ

ब्रिटिस प्रधान मन्त्री टेरेसा मे-ले  युरोपेली सङ्गबाट बाहिर निस्कने उहाँको सम्झौतालाई विफल पार्न तयारी गरिरहेका सांसदहरूलाई यसो गर्नु विनाशकारी र विश्वासको अक्षम्य उल्लङ्घन हुनेछ भनी चेताउनुभएको छ। युरोपेली सङ्गसित १८ महिनासम्म वार्तालाप गरेर तयार गर्नुभएको ब्रेक्जिट सम्झौतालाई बचाउन लडिरहनुभएको श्रीमती मे-ले सांसदहरूलाई आज संसदीय मतदानमा ब्रेक्जिट समर्थकहरूलाई असफल हुन नदिने आह्वान गर्नुभएको छ।

सन्डे एक्सप्रेस समाचारपत्रमा उहाँले लेख्नुभएअनुसार यो खेलाँची बन्द गर्ने समय हो र देशको लागि के ठिक छ त्यो गर्ने समय हो। ब्रिटेन मार्च २९ तारिख युरोपेली संघबाट बाहिरिनका लागि तमतयार छ, तर यसको बहिर्गमनका शर्तहरूलाई अन्तिम रूप दिन बाँकी नै छ। प्रधान मन्त्रीले पराजय टार्नका लागि उहाँको योजनामाथि हाउस अफ कमन्समा भोटिङ्गलाई डिसेम्बरमा स्थगित गरिसक्नुभएको छ।
यसैबिच श्रीमती मे-को पराजय भएको खण्डमा लेबर पार्टीले अविश्वास प्रस्ताव पेस गर्ने कसम खाएको छ।  यसका नेता जेरेमी कोर्बिनले भन्नुभएअनुसार उहाँहरूले सम्झौताको विरोधमा मतदान गर्नुहुने छ र यसलाई भिटो गरिएको स्थितिमा आम चुनाउको दिशामा पाइला सार्नुहुनेछ।