ब्रेक्जिट सम्झौता परास्त भए, युरोपेली संघबाट ब्रिटेनको अनियन्त्रित निकास हुने: पोर्चुगलका प्रधान मन्त्री

पोर्चुगलका प्रधान मन्त्री एन्टोनियो कोस्टाले ब्रिटिश संसदद्वारा युरोपेली संघबाट मुलुकको निकास सम्झौता खारेज गरिदिएको कुराको खण्डन गर्दै भन्नुभयो, अनियन्त्रित निकासदेखि बच्न ब्रिटिश अधिकारीहरूले चाँडै नै उनीहरूका आगामी पाइलाहरूबारे अवगत गराउने छन् भन्ने आशा  उहाँ राख्नुहुन्छ। ब्रिटिश संसदमा निकास सम्झौता खारेज भएको केही छिनपछि राजधानी लिसबन स्थित एउटा होटलमा श्री कोस्टा रिपोर्टहरूसित कुराकानी गर्दै हुनुहुन्थ्यो।

जर्मन भाइस चान्सलर ओलफ स्कूल्जले भन्नुभयो, संसदमा प्रधान मन्त्री टेरिजा मे-को पराजय “युरोपका लागि एक तीतो दिन थियो”। स्कूल्जले, जो एक वित्त मन्त्री पनि हुनुहुन्छ भन्नुभयो, जर्मनी राम्ररी तयार तर एक कठिन ब्रेक्जिट युरोपेली संघ र ग्रेट ब्रिटेनका लागि न्यून आकर्षित विकल्प हो।