अमेरिकी नागरिक र पूर्व प्रधान मन्त्री गिलानीको छोरोका अपहरणहरूमा संलिप्त दुई आतङ्कीहरू पाकिस्तानी बलद्वारा मारिए

मंगलबार पाकिस्तानी सुरक्षा फौजले पञ्जाब प्रान्तमा इस्लामिक स्टेट आतङ्की गुटसित सम्बद्ध दुई आतङ्कीहरूलाई मारेको छ।

यी आतङ्कीहरू कथितरूपमा एक अमेरिकी नागरिक, एक वरिष्ठ सैन्य अधिकारी, तथा पूर्व प्रधान मन्त्री युसूफ रजा गिलानीको छोरोका अपहरणहरूमा संलिप्त थिए।  यी आतङ्कीहरू वरिष्ठ गुप्तचर अधिकारीहरूको हत्यामा पनि संलिप्त थिए।
पञ्जाब प्रहरीको आतङ्क प्रतिरोधी विभागद्वारा जारी एउटा वक्तव्यअनुसार, यी आतङ्कीहरूले गुप्तचर एजेन्सीको कार्यालयमा हमला गर्नेवाला थिए तर यस्तो हुनअघि नै तिनीहरूलाई मारियो।