अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तीन भारतीय अमेरिकी नागरिकहरूलाई महत्त्वपूर्ण प्रशासनिक पदमा मनोनित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन भारतीय अमेरिकी नागरिकहरूलाई महत्त्वपूर्ण प्रशासनिक  पदहरूमा मनोनित गर्नुभएको छ। व्हाइट हाऊसले वरिष्ठ सरकारी पदको सूची सिनेटमा स्वीकृतिका लागि पठाएको छ।

रीता बरनवाललाई सहायक परमाणु ऊर्जा मन्त्रीको पदमा र आदित्य बामजाईलाई गोपनीयता एवम् नागरिक स्वतन्त्रता ओभरसाइट बोर्डका सदस्य र बिमल पटेललाई सहायक अर्थमन्त्रीमा मनोनित गरिएको छ।

हालसम्म श्री ट्रम्पले तीन दर्जन भन्दा धेरै भारतीय अमेरिकीहरूलाई महत्त्वपूर्ण प्रशासनिक पदहरूमा मनोनित वा नियुक्त गरिसक्नुभएको छ।