केन्याको नैरोबीमा आतङ्की हमला, १४ जनाको मृत्यु

केन्याका राष्ट्रपति उहुरु केन्याट्टाले नैरोबीको एउटा होटल परिसरमा आतङ्की हमलामा सामेल सबै आक्रमणकारीहरू मारिएको बताउनुभएको छ। लगभग २० घण्टासम्म सुरक्षा कारबाही गरिएपछि ती आक्रमणकारीहरू मारिए। यस हमलामा १४ जनाको मृत्यु भएको छ।

टेलीभिजनमा राष्ट्रलाई सम्बोधन गर्दै श्री केन्याट्टाले सुरक्षा कारबाही सकिएको र सबै आक्रमणकारीहरू मारिएको जानकारी दिनुभयो। भवनहरूबाट ७ सय सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ।