एक खबरअनुसार उत्तर कोरियाली अधिकारी बेइडिङ्ग हुँदै अमेरिका रवाना

उत्तर कोरियाका शीर्ष वार्ताकारहरूमध्ये एक किम जोङ्ग-उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबिच सम्भावित दोस्रो शिखर बैठकपूर्व अमेरिकी अधिकारीहरूसित भेट गर्नका लागि अमेरिका जाँदै हुनुहुन्छ। दक्षिण कोरियाबाट आएका खबरहरूअनुसार बेइजिङ्गबाट विमानद्वारा जानुभएको किम योङ्ग-चोलले श्री किमको एउटा अर्को पत्र डोनल्ड ट्रम्पका लागि लिएर जाँदै हुनुहुन्छ। दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले खबर दिएअनुसार उहाँले आज अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोलाई भेट्दै हुनुहुन्छ।

दोस्रो शिखर बैठक भिएतनाममा हुने अनुमान बढिरहेको छ। विगत जून महिनामा श्री किम र श्री ट्रम्पबिच सिङ्गापुरमा ऐतिहासिक बैठकपछि उत्तर कोरियाको परमाणु निरश्त्रीकरणमा धेरै प्रगति भएको छैन। यो महिनाको प्रारम्भमा श्री किम चीनका राष्ट्रपति शी जिनपिङ्गसित भेट गर्न चीन जानुभएको थियो, जस्तोकि उहाँले सिङ्गापुर शिखर बैठकपूर्व पनि गर्नुभएको थियो।