फेसबुकले रसियासित सम्बन्धित सैयौँ पृष्ठहरू हटायो

 

सामाजिक सञ्जाल फेसबुकले बिहीवार भनेअनुसार उसले रसियासित सम्बन्धित सैयौँ पृष्ठहरू, ग्रुपहरू र खाताहरूलाई हटाएको छ जो अमेरिका बाहिरका प्रयोगकर्ताहरूलाई निसाना बनाएर झुट्टा जानकारीहरू फिँज्याउने दुई ठुला गतिविधिका भाग थिए।

फेसबुकले भनेअनुसार झुट्टा जानकारीहरूविरुद्ध लडाइँ गर्ने उसको पछिल्लो प्रयास उसले दुइटा यस्ता नेटवर्कको पत्तो लगाएपछि गरिएको हो जो फेसबुक र यसको इन्स्टाग्राम सेवामा समन्वित अप्रमाणिक व्यवहारमा संलिप्त थिए।
फेसबुकअनुसार ती खाता सञ्चालन गर्ने मानिसहरूले आफैलाई स्वतन्त्र समाचार स्रोतको रूपमा प्रस्तुत गरेका थिए र नाटो-विरोधी भावना र विरोधी गतिविधिहरू जस्ता विषयहरूमा पोस्ट गर्ने गर्दथे।

फेसबुकको साइबर सेक्युरिटी नीतिका प्रमुख नाथानियल ग्लेइचर-ले 364 पृष्ठको एउटा नेटवर्क र खाताहरू रसियाको सरकार-सञ्चालित अङ्ग्रेजी भाषाको समाचार साइट स्पुतनिकका कर्मचारीहरूसित जोडिएका थिए। यसैबिच, स्पुतनिकले फेसबुकको कारबाहीको निन्दा गरेको छ।