मजबुत सिमानाविना अमेरिका सुरक्षाविहीन छः ट्रम्प

 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार के भन्नुभयो भने एक मजबुत सिमानाविना अमेरिका सुरक्षाविहीन, नाजुक र असुरक्षित छ। उहाँले थप के भन्नुभयो भने सिमानामा पर्खालले बाहेक अरू कुनै कुराले काम गर्न सक्दैन।

श्री ट्रम्पका यी टिप्पणीहरू अमेरिका-म्याक्सिको सिमानामा पर्खाल लगाउने विषयलाई लिएर हाल सरकार आंशिक रूपले ठप्प भएको स्थिति 25औँ दिनमा प्रवेश गर्दा आएका हुन्।

सरकार आंशिक रूपले ठप्प भएबाट आठ लाखभन्दा बढी संघीय कर्मचारीहरूको काम छैन, अनि सुरक्षा र विदेश विभागलगायत सरकारका अन्य कैयौँ महत्त्वपूर्ण शाखाहरूको कामकाज प्रभावित भएको छ।
सिमाना सुरक्षाको विषयलाई लिएर तिक्त राजनीतिक मतभेदको परिणामस्वरूप आजसम्मको सबैभन्दा लामो समयसम्म सरकार ठप्प भएको स्थिति उत्पन्न भएको हो।