डोनाल्ड ट्रम्प र किम जोङ उन-द्वारा आगामी महिना दोस्रो शिखर वार्ता गर्ने निर्णय

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले  फेब्रुअरी महिनाको अन्त्यमा उत्तर कोरियाली नेता किम जोङ उन-सित प्योङयाङको परमाणु तथा प्रक्षेपास्त्र कार्यक्रमहरू बन्द गर्ने विषयमाथि दोस्रो शिखर वार्ता गर्नुहुनेछ।

हिजो वाशिङ्गटनमा श्री ट्रम्पले उत्तर कोरियाली वार्ताकार किम योङ-चोलसँग भेटवार्ता गरेपछि ह्वाइट हाउसले उक्त उद्घोषणा गरेको थियो। ह्वाइट हाउसकी प्रेस सचिव साराह स्यानडर्सले शिखिर वार्ता गर्ने ठाउँबारे जानकारी पछि दिइनेछ। उहाँले भन्नुभयो, कोरियाली दूतसित श्री ट्रम्पको वार्ता फलदायक रह्यो तर संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि दबाउ र प्रतिबन्ध जारी राख्नेछ। दुई नेताहरूले पोहोर जून १२ तारिखको दिन सिङ्गापुरमा पहिलो शिखर वार्ता गरेका थिए।