सीरियामा एउटा बम विस्फोटमा ११ जनाको मृत्यु

सुक्रवार सीरियाको उत्तरपश्चिम क्षेत्रमा अल-कायदासित सम्बन्धित एउटा गुटको कार्यालयबाहिर भएको बम विस्फोटमा कम्तीमा पनि ११ व्यक्तिहरू मारिएका छन्।

ब्रिटेन स्थित सीरियाली मानवाधिकार अवलोकन केन्द्र र स्मार्ट न्युज एजेन्सीले बताएअनुसार, यो विस्फोट विद्रोहरूको कब्जामा रहेको इडलिब सहरको दक्षिणी इलाकामा भएको थियो।

अल-कायदासित सम्बन्धित गुट, हयात तहरिर अल-शामले इडलिब प्रान्त र छेउछाउका इलाकाहरू नियन्त्रणमा लिएको एक साता पश्चात उक्त विस्फोट भएको हो।
अवलोकन केन्द्रको रिपोर्टअनुसार, विस्फोटमा हयात तहरिर अल-शामका सात सदस्यहरू समेत ११ व्यक्तिहरू मारिए।