नयाँ वर्षको पूर्व संध्यामा भएको विस्फोटमा आईएस-को हात थियो भन्ने रिपोर्ट रसियाद्वारा खारेज

नयाँ वर्षको पूर्व संध्यामा ३९ व्यक्तिहरूको मृत्यु हुनेगरि भएको विस्फोटमा इस्लामिक स्टेट गुटको हात थियो भन्ने रिपोर्टहरूलाई रसियाली जाँचकर्त्ताहरूले खारेज गरिदिएका छन्। जाँच समितिले आज बताएको छ कि  मध्य रसियाको म्यागनिटोगोर्स्कमा एउटा अपार्टमेन्ट भवनलाई क्षतिग्रस्त पार्ने गरि भएको ग्यास विस्फोटको जाँच  उनीहरूले अझैसम्म पनि गरिराखेका थिए।

आतङ्की गुटको अरबी-भाषी समाचारपत्र प्रकाशित  एउटा लेखमा अल-नबीले सो विस्फोटको जिम्मेवारी लिएको थियो। जाँच समितिले यद्पि भनेको छ कि कुनै पनि चाहिँ निकालि हाल्नु मिल्दैन किनभने जाँच अझैपनि चलिनै राखेको छ।