चीनद्वारा २०१७-को आर्थिक विकास दरको पुनर्समीक्षा, ६.9% बाट घटाएर ६.८% बनायो

चीनले उसको २०१७-को आर्थिक विकास दरको पुनर्समीक्षा गर्दै यसअघिको ६.९ प्रतिशतलाई घटाएर ६.८ प्रतिशत बनाएको छ।

विश्वको दोस्रो सर्वाधिक ठूलो अर्थव्यवस्था चीनले सकल घरेलु उत्पादको आकारको पुनर्समीक्षा गरी ८२.७ खर्ब युआनबाट घटाएर ८२.१ खर्ब युआन बनाएको छ। चीनले सोमवार २०१८-को जीडीपी वृद्धि दर जारी गर्नेछ। हालैको सांख्यािकी अङ्कले मन्द गतिको इसारा गरेको छ।